कक्षा १२ को नतिजा आज सार्वजनिक हुने , नतिजा कसरी थाहा पाउने ?

कक्षा १२ को नतिजा बिहीबार सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो। बोर्डले बुधबार नतिजा सार्वजनिक गरिने बताएको थियो। तर, प्राविधिक समस्याका कारण बुधबार नतिजा सार्वजनिक गर्न नसकेको वोर्डले बिहीबार सार्वजनिक गर्ने तयारी गरेको हो। गत वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा करिब चार लाख विद्यार्थी सहभागी छन्। यस पटक नियमित परीक्षार्थीको अक्षरांकमा र आशिंकको नम्बरमा नतिजा प्रकाशित गरिने बोर्डले जनाएको छ।
नतिजा वेभसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिन्छ ।
नतिजा सार्वजनिक भैसकेपछि शिक्षा मन्त्रालयको www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेभसाइटबाट हेर्न सकिने छ ।
यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।







