रौतहटका प्रहरीलाई लैंगिक सम्वेदनशिलता अनुसंधान तथा मनोपरामर्श सम्बन्धि प्रशिक्षण

रौतहटमा कार्यरत विभिन्न प्रहरी ईकाईका प्रहरीहरुका लागि लैंगिक सम्वेदनशिलता अनुसंधान तथा मनोपरामर्श प्रशिक्षण चलिरहेको छ ।
युके एडको सहयोग तथा सर्च फर कमन ग्राउन्ड र माण्डवीको सहकार्यमा रौतहटमा संचालनमा रहेको पहुँच परियोजना अन्तरगत यो प्रशिक्षण कार्यक्रम भइरेहेको हो । आईतवार देखि सुरु भएको प्रशिक्षण बुधबार सम्म चल्नेछ ।
जिल्ला प्रहरी कार्यालय रौतहट मातहतमा रहेको प्रहरी युनिटमा कार्यरत ३०जना प्रहरीलाई जिल्ला प्रहरी कार्यलय रौतहटका प्रमुख प्रहरी उपरीक्षक केदार ढकाल,ईसिडिसीका कानुन तथा तालिम अधिकृत सोनेलाल पासवान, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरिक्षक मनोज यादब र माण्डवीका कार्यकारी निर्देशक अन्जु झाले प्रशिक्षण दिनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल प्रमुख अतिथि रहनु भएको प्रशिक्षण कार्यक्रमको अध्यक्षता संस्थाका कार्यकारी निर्देशक अन्जु झाले गर्नु भएका थिए ।
कार्यक्रममा सर्च फर कमन ग्राउन्डका जिल्ला संयोजक पुनम ठाकुरले पहुँच परियोजनको वारेमा प्रकाश पार्नु भएका थिए ।
प्रमुख अतिथि सिडियो रिजाल धेरै नै राम्रो कार्यक्रम रहेकोले यसबाट सिकेर व्यवहारमा लागू गर्नको लागि आग्रह गर्दै सबै सहभागीलाई शुभकामना दिनु भएका थिए ।
पत्रकार आलोक पाण्डेले संचालन गरेको कार्यक्रममा संस्थाका यश परियोजनाका कार्यक्रम संयोजक श्याम चौधरी, ईसिडिसीका सल्लाहकार धर्मेन्द्र पासवान, पत्रकार महासंघ रौतहटका उपाध्यक्ष रजनी ठाकुर,पुर्व अध्यक्ष प्रेमचन्द्र झा माण्डवीका मनोज यादब,गौतम झा, अंशु केशरी लगायतका उपस्थिति रहेको थियो ।







