सरकारलाई कांग्रेस मकवानपुरको दबाब, आज विरोध जुलुस गर्ने 

छहारी संवाददाता
साउन १५, २०७५

नेपाली कांग्रेस मकवानपुरले  सरकारलाई दवाव दिन आज  हेटौँडामा विरोध जुलुस गर्ने भएको छ । 

नेपाली कांग्रेस मकवानपुरले सोमबार हेटौडामा पत्रकार सम्मेलनको आयोजना गर्दै केन्द«को निर्देशन अनुसार हेटौँडामा विरोध जुलुस गर्ने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका सभापति एवं तिन नम्बर प्रदेशका नेता इन्द्र बहादुर बानियाँले  संविधान बमोजिम संसदमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था अनुरुप गर्न सरकारलाई दबाब दिन आज  मकवानपुरमा पनि विरोध जुलुस आयोजना गरिएको बताए । 

बानियाले  सरकारले असंवैधानिक तवरले विभिन्न निर्णय गरेर जन बिरोधी कामलाई निरन्तरता दिइरहेको भन्दै  संबिधानमा सभामुख र उपसभामुख छुट्टै दलबाट हुनुपर्ने उल्लेख भएपनि सरकारले त्यसलाई  लत्याएको हाल बढेको महङ्गी प्रति सरकार संवेदनशील नभएको भन्दै सरकारको ध्यानाकृष्ट गराउन बिरोध कार्यक्रम आयोजना गरिएको बताए ।  

नेता बानियाले भुकम्प पिडितहरुलाई सरकारले विभिन्न  सेवा सुविधा तथा सहुलियत प्रदान गर्नुको सट्टा आवास निर्माणका लागि आवश्यक विभिन्न सामाग्रीहरुमा कर बृद्धि गरी जन्ताको ढाड सेकेकोले  विरोध स्वरूप मकवानपुरमा विरोध जुलुस गर्न लागिएको बताए ।

पत्रकार सम्मेलनमा  काँग्रेस  केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय डिना, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, पुर्व सभापति रघुरमण न्यौपाने, उप–सभापति विष्णु लामिछाने,  सचिव बुद्ध लामा, पार्टी नगर सभापति  आनन्दराम पराजुली तरुण विद्यार्थी  लगायत अन्य  पदाधिकारीहरुको उपस्तिथि रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*