कुवेत पठाउन प्रतिव्यक्ति एक लाख ८० हजार रुपैयाँ लिने काठमाडौंको एक म्यानपावरमा छापा
रोजगारीका लागि कुवेत पठाउन प्रतिव्यक्ति एक लाख ८० हजार रुपैयाँ लिएको उजुरी परेपछि विभागले बसुन्धारामा रहेको अल स्किल्स इन्टरनेसनल ह्युमन रिसोर्स म्यानपावरमा सोमबार साँझ छापा मारेर कागजात नियन्त्रणमा लिएको हो । पीडितको उजुरीका आधारमा छापा मारिएको हो ।
विभागका अनुसार म्यानपावरले आउदो मंगलबारको उडानबाट ३५ युवालाई कुवेत पठाउँदै थियो ।
कुवेत जान लागेका ती युवालाई तोकिएकै शुल्कमा पठाउने विभागले जनाएको छ । कुवेत जान बढीमा १० हजार रुपैयाँ तिरे पुग्छ ।
म्यानपावरमाथि भने छानविन र कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।







