सरकारले १७ वटा विधेयक मन्त्रिपरिषदका विभिन्न समितिमा पठाउने 

छहारी संवाददाता
साउन १५, २०७५

सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने ऐन बनाउन विभिन्न १७ वटा विधेयकलाई मन्त्रिपरिषदका विभिन्न समितिमा पठाउने निर्णय गरेको छ । 

सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले विभिन्न १७ वटा विधेयकलाई मन्त्रिपरिषद्का विभिन्न समितिमा पठाउने निर्णय गरेको हो । 

भुक्तानी फछ्र्यौट सम्बन्धी, उपभोक्ता संरक्षण सम्बन्धी, अपराधबाट पीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नागरिकता ऐन सम्बन्धी, अध्यागमन सम्बन्धी, यातानासंग सम्बन्धित, वातावरण सम्बन्धी पहिलो संशोधन, शंकटापन्न वन्यजस्तु तथा वनस्पतीको अन्तर्रा्ष्ट्रिय व्यापार नियन्त्रण सम्बन्धी विधेयक, सामाजिक सुरक्षा सम्बन्धी, जातीय भेदभाव तथा छुवाछुत अन्त्य सम्बन्धी, आवासको अधिकार, खाद्य अधिकार, सुरक्षित मातृत्व तथा प्रजननसँग सम्बन्धित नया विधेयकहरुलाई मन्त्रिपरिषद्का विभिन्न समितिहरुमा पठाइएको हो ।

त्यसैगरी निवृत्त भरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मुलुकी संहिता सम्बन्धी  केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने निर्णय बैठकले गरेको  छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*