अन्धकारबाट उज्यालो तर्फ लैजाने गुरुहरु प्रती श्रद्धा र सम्मान

छहारी संवाददाता
साउन १२, २०७५

अन्धकारबाट उज्यालोतर्फ मार्गदर्शन गर्ने गुरुहरुको श्रद्धा र सम्मानमा बृद्धी गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।  

गुरु पुर्णिमाका अवसरमा हेटौंडा ७, न्यूरेनीमा आयोजित सम्मान तथा प्रवचन कार्यक्रमका वक्ताहरुले गुरुहरु पनि स्वार्थी र पैसामुखी हुन नहुने बताएका हुन् ।

कार्यक्रम पतञ्जली योग महिला जिल्ला समिति मकवानपुरले शुक्रबार आयोजना गरेको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख अतिथ्यता रहेको थियो ।

पतञ्जली योग महिला जिल्ला समिति मकवानपुरकी अध्यक्ष रुपा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पतञ्जली योग जिल्ला समितिकी पूर्व अध्यक्ष एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, पतञ्जली योग नेपालका केन्द्रिय सदस्यहरु टिकाप्रसाद खतिवडा, हरिकुमार केशी, प्रदेश सदस्य एकनारायण भुषाल, पूर्व अञ्चल प्रभारी कृष्णबहादुर न्यौपाने, मकवानपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष दीपकप्रसाद श्रेष्ठ, योग शिक्षक बिष्णु श्रेष्ठ र योग गुरु ध्रुबप्रसाद पौडेललाई कदर पत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी हेटौंडाका मेयर महतले योग शिविरको विकास र प्रबद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

पतञ्जली योग नेपालकी ३ नम्बर प्रदेश सहप्रभारी कविता थपलिया, पूर्व अञ्चल प्रभारी होमराज थपलिया, हेटौंडा उपमहानगरपालिका ७ नम्बर वडा अध्यक्ष राजन थापा, पतञ्जली योग जिल्ला समितिका अध्यक्ष रामकृष्ण थापा, सल्लाहकारहरु ध्रुब भुजेल, बीके महर्जन, पतञ्जली योगका युवा जिल्ला अध्यक्ष राजु अधिकारी, नगर समिति अध्यक्ष तुलसा ढुङ्गाना लगायतको आतिथ्यता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*