हेटौँडा १९ तिन ताप्केमा बस दुर्घटना, केही व्यक्ति घाइते

छहारी संवाददाता
साउन ७, २०७५

हेटौँडा उपमहानगरपालिका १९ तिन ताप्केमा बस दुर्घटना भएको छ । 

दुर्घटनामा परि एक दर्जन यात्रुहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवनपुरले जनाएको छ । चितवनबाट हेटौँडा आउँदै गरेको ना ५ ख ३७०१ नंबरको बस तिन ताप्के ओरालोमा अनियन्त्रित भइ पल्टिएको प्रहरीले जनाएको छ ।  

दुर्घटनामा घाईते भएकाहरुलाई उपचारकाृ लागि हेटौँडा अस्पताल तथा चुरेहिल अस्पतालमा लगिएको छ । घाइतेहरुको परिचय खुल्न बाँकी छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*