उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलको उद्घाटन खेलमा आज पुलिस र आर्मी भिड्ने

छहारी संवाददाता
साउन ७, २०७५

उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ बजे हुने उद्घाटन खेलमा पुलिस र आर्मी भिड्नेछन् । 

आजै हुने दोस्रो खेलमा रौतहट र काठमाडौं आमने सामने हुनेछन् । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको फुटबलमा ५ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा ३ विभागीय सहित मोफसलका २ महिला टिमले सहभागिता जनाउँदैछन् । बिभागीय क्लबहरु एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै काठमाडौं फुटबल संघ र रौतहट फुटबल संघले प्रतिस्पर्धा गर्नेछन् ।

आगामी साफ महिला फुटबलको छनौटका लागि प्रतियोगिता आयोजना गरिएको हो ।  राउण्ड रोबिन लिग प्रणाली अनुसार हुने प्रतिस्पर्धाको उपाधि प्वाइन्टका आधारमा तय हुने छ । सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि अंक बढीहुने टिमले उपाधि जित्ने छ ।

प्रतियोगिता तयारीका लागि एन्फाले हरेक टिमलाई ५० हजार रुपैयाँ प्रदान गरेको पनि जनाएको छ ।  उपाधि विजेताले २ लाख पाउँदा उपविजेताले १ लाख ५० हजार पाउने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*