रुपन्देहीमा मोटरसाइकल दुर्घटना बाबु छोरा मृत्यु  

छहारी संवाददाता
साउन ६, २०७५

रुपन्देहीको तिनाउँ गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

लु २१ प ९६८० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पाल्पाको तानसेन नगरपालिका ७ का माधन कुमाल र उनका छोरा उमेश कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेका उनीहरू सडक तलको भीरमा अड्किएका थिए ।  दुर्घटनाका क्रममा उनीहरु उछिट्टिएर भीरमा पुगेको हुनसक्ने प्रहरीको आशंका छ ।

कुमालका बाबुछोरा तानसेनबाट बुटवलमा आफन्त भेट्न आउँदै गर्दा दुर्घटनामा परेका हुन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*