डाक्टर गोविन्द केसीको समर्थनमा सत्याग्रह सुरु

अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा नागरिक अगुवाहरुले सत्याग्रह सुरु गरेका छन् ।
काठमाडौंको वसन्तपुर डबलीमा सामूहिक सत्याग्रह सुरु भएको हो ।
डाक्टर केसीका माग र आन्दोलनमा ऐक्यवद्धता जनाउँदै आएका युवाहरुले समेत सत्याग्रह सुरु गरेका हुन् ।
चिकित्सा शिक्षामा सुधारको माग राख्दै २३ दिनदेखि अनशनरत केसीको समर्थनमा सोलिडारिटी फर डाक्टर गोविन्द केसीको आयोजनामा विहान १० बजे देखि सत्याग्रह सुरु भएको हो।
उसले केसीका माग पूरा नहुँदासम्म दिनहुँ बिहान १० देखि साझ ५ बजेसम्म अनसन बसेर सरकारलाई दबाब दिने बताएको छ ।
चिकित्सा शिक्षाको गुणस्तरीयता कायम गर्न तथा गुणस्तरीय स्वास्थ्य सुविधालाई आम नागरिकको पहुँचमा पुर्याउन माग गर्दै डाक्टर केसी डाक्टर केसी अनसन बस्नु भएको यो १५ औ पटक हो ।







