नेपाली सेनाका पूर्वउपरथी भरतकेशर सिंहको निधन

विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंहको हृदयाघातका कारण आज निधन भएको छ ।
८२ बर्षीय सिंहको ललितपुरस्थित बयोधा अस्पतालमा उपचारका क्रममा आज बिहान ३ः१५ बजे निधन भएको अस्पतालले जनाएको छ । सिंहलाई अस्पताल लैजाँदा पिसाव सम्बन्धी समस्या थियो ।
सिंहको पार्थिव शरीरलाई दिउँसो साढे १२ बजे अन्तिम श्रञ्द्धाञ्जलीका लागि बनकालीमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने विश्व हिन्दु महासंघले जनाएको छ ।
को हुन् भरतकेशर सिंह ?
भरतकेशर सिंह पूर्वशाही पार्रश्ववर्ती अर्थात् तत्कालीन राजाका एडीसी समेत हुन् ।
ज्ञानेन्द्रको शाही शासनपछि दलहरूलाई सार्वजनिक आलोचना गरेर उनी विशेष चर्चामा आएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहनिकट सिंह नेपाली सेनाका पूर्वउपरथी हुन् ।
उनले आफ्नो जीवनको लामो समय दरबारको सेवामा बिताएका थिए ।







