दोस्रो चरणको बिद्यार्थी भर्ना अभियान

छहारी संवाददाता
साउन ६, २०७५

सरकारले सुरु गरेको दोस्रो चरणको बिद्यार्थी भर्ना अभियान अन्तरगत मकवानपुरको बकैया र बागमती गाउँपालिकामा बैठक गरिएको छ ।

पहिलो चरणको बिद्यार्थी भर्ना अभियानमा छुटेका बिद्यार्थीहरुलाई बिद्यालय सम्म ल्याउन दोस्रो चरणको बिद्यार्थी भर्ना अभियान सुरु गरिएको हो ।

दुबै गाउँपालिकामा जिल्ला समन्वय समितिका उपप्रमुख तथा दोस्रो चरणको भर्ना अभियान मकवानपुरका संयोजक भगवती पुणासैनीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलान लगायत सबै वडाअध्यक्षहरु, शिक्षा कार्यालयका श्रोत व्यक्तिहरु सहितको उपस्थिती रहेको थियो ।

दोस्रो चरणको भर्ना अभियान गर्नका लागि दुबै गाउँपालिकामा कार्यदल गठन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*