नेपाली कांग्रेस मकवानपुरद्धारा हेटौंडा अस्पतालका विरामीलाई फलफुल वितरण

बीपी कोईरालाको ३६ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरले शनिबार हेटौंडा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।
सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख अतिथ्यतामा शाताव्यापी कार्यक्रम अन्र्तगत पहिलो दिन हेटौंडा अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको हो ।
कार्यक्रममा उपसभापति विष्णुप्रसाद लामिछाने, निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, जिल्ला सचिवद्वय बुद्ध लामा, आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदिप कोईराला, भीमसेन महत, ईन्दिरा न्यौपाने, विजयकुमार तिमल्सिना, हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, राप्रपाका नेता सीताराम बर्तौला, हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष रमेश गिरी, भातृ तथा शुभेच्छुक संस्थाहरुका पदाधिकारी एवं सदस्य लगायतका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको उपस्तिथि थियो ।







