मकवानपुरबाट २१ किलो लागूऔषध चरेश सहित २ जना पक्राउ

छहारी संवाददाता
साउन ६, २०७५

जिल्ला प्रहरी कार्यालय मकवानपुरले २१ किलो लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।  

प्रहरी निरीक्षक मधु कुमार थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले मकवानपुरको मनहरी गाउँपालिका ८ बाट २१ किलो ९ सय ४० ग्राम चरेश शहित दुईजनालाई पक्राउ गरेको हो ।

बिषेश सुचनाको आधारमा स्थानिय ५० बर्षिय प्रेम कुमार मोक्तान र पर्सा जगरनाथपुर गाउँपालिका ४ बस्ने ५१ को बासदेव बैठालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मोक्तानको घरमा खानतलासी गर्दा प्लास्टिकको २ वटा झोलामा लुकाई राखेको लागु औषध प्रहरीले फेला परेको प्रहरीले जनाएको छ । दुबै जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान तथा कारबाही भैरहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*