हेटौंडा कपडा उद्योग सञ्चालनको जिम्मा नेपाली सेनालाइ

छहारी संवाददाता
साउन ५, २०७५

सरकारले नेपाली सेनालाइ साथमा लिएर हेटौंडा कपडा उद्योग सञ्चालनको तयारी गरेको छ ।

अब तीन दशकदेखि बन्द उद्योग सञ्चालनको नेतृत्व नेपाली सेनाले गर्नेछ । सुरक्षा निकायको लगानीसहित संयुक्त व्यवस्थापनमा उद्योग चलाउने निर्णय भएको उद्योग मन्त्रालयका सहसचिव शत्रुघन पुडासैनीले बताए ।

त्यसका लागि सात सदस्यीय कार्यदल गठन हुनेछ । जसमा नेपाली सेनाले मेकानिकल, मार्केटिङ र टेक्सटाइल सम्बन्धी ज्ञान भएका तीनजना अधिकृत स्तरका कर्मचारी पठाउनेछ भने उद्योग मन्त्रालयले प्रशासन तथा संस्थान महाशाखाका प्रमुख र मेकानिकल इञ्जिनियर गरी दुईजना कार्यदलमा पठाउनेछ ।

अर्थ मन्त्रालयका संस्थान समन्वय शाखाका उपसचिव र विज्ञको रुपमा मन्त्रालयबाट मनोनित एक जना मेकानिकल रहनेछन् । कार्यदलले उद्योगको विश्लेषण गरी १५ दिनभित्र सेना र उद्योग मन्त्रालयमा प्रतिवेदन दिने निर्णय भएको छ ।

१५ दिनभित्रमा कार्यशर्त अनुसार मूल्यांकन गरी अवधारणापत्र बनाएर पेस गरिने छ । त्यसै अवधारणा पत्रका आधारमा अध्ययन गरी उद्योगको मोडालिटी तयार पारेर सञ्चालनमा ल्याइने तयारी छ ।

कपडा उद्योगको कुनै दायित्व बाँकी नरहेकाले यसलाई सञ्चालनमा ल्याउन सहज देखिएको उद्योग सचिव यामकुमारी खतिवडाले बताइन् । हरी हुागाई

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*