कृषि तथा वन विज्ञान विश्वविद्यालय हेटौँडाको समस्या कैले सुल्झिने ?

डिन भन्छन्–हेटौडाबाट सम्बोधन हुने ठाउ छैन ।
छहारी संवाददाता
साउन ५, २०७५

मकवानपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय हेटौँडामा गत असार २७ गतेदेखि आन्दोलन जारी छ ।
केन्द्रीय क्याम्पसमा विद्यार्थीलाई कुनै सुविधा दिन नसकेको तथा आर्थिक चलखेलको आधारमा नीजि सस्थालाई नयाँ कलेजको लागि सम्वन्धन दिन लागेको बिरोधमा विद्यार्थीहरुले आन्दोलन सुरु गरेका हुन् ।
आन्दोलनको शुक्रबार १० औँ दिन बितिसक्दा पनि माग पुरा गर्न क्याम्पस प्रशासन उदासिन देखिएको छ ।

डिन बलराम भट्टसंग यसबारे बुझ्दा उनले यसबारे आफुले केहि भन्न नसक्ने बताए । यो केन्द्रिय स्तरको कुरा भएकाले हेटौडाबाट सम्बोधन हुने ठाउ नरहेको उनको भनाइ छ ।

परिक्षासमेत रोकिएको पत्रकारको जिज्ञासामा डिन भट्टले घुमाउरो भाषामा चाहेको भए आफुले प्रशासन प्रयोग गर्न सक्ने भन्दै विद्यार्थीहरु नेताहरुको आग्रहमा परिक्षा रोकिएको बताए ।

यता विद्यार्थीहरुले भने गत असार २७ गते डिनको कार्यालय सहितको प्रशासन शाखामा तालाबन्दी, क्याम्पस परिषरमा दिनदिनै धर्ना, र्याली तथा डिनको पुत्ला जलाउने सम्मको कार्यक्रम गर्दै आएका छन् ।

विद्यार्थीहरुले डिन बलराम भट्ट सहित कृषि तथा वन विश्वविद्यालयका उपकुलपति इश्वरीप्रसाद ढकाल तथा रजिष्टार मनराज कोलाक्क्षपतिको समेत पुत्ला जलाइसकेको अनेरास्ववियु कृषि तथा वन विज्ञान संकायका अध्यक्ष तुलसीराम ओलीले जानकारी दिए ।
 

क्याम्पस प्रशासनले केन्द्रीय क्याम्पसलाई ध्यान नदिई, विद्यार्थीहरुको मर्कालाई वेवास्ता गर्दै आर्थिक प्रलोभनमा परेर नीजि सस्थालाई सम्वोधन दिन लागेको विद्यार्थीहरुको आरोप छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*