पत्रकारले सरकारको राम्रा कामको समिक्षा गर्नुपर्छः मुख्यमन्त्री पौडेल

प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले सातवटै प्रदेशमा मेडिकल कलेज खुल्नुपर्नेमा जोड दिनु भएको छ ।
नेपाल आदीबासी जनजाती पत्रकार महासंघ ३ नम्बर प्रदेश कमिटीको आयोजनामा संचारसंग प्रदेश सरकार सम्बन्धी ऐन कानुन र समावेशी नेपाल बिषयक कार्यसालाको शुक्रबार हेटौंडामा उउद्घाटन गर्दै उहाँले पढ्न नपाएर धेरै युवा विदेसीनु पर्ने बाध्यता रहेकाले सातवटै प्रदेश र काठमाण्डौमा पनि मेडिकल कलेजको आवस्यक्ता औल्याउनुभयो ।
डाक्टर गोविन्द केसी प्रति लक्षीत गर्दै मुख्यमन्त्री पौडेलले राज्यको चौथो अंग पत्रकारले सरकार बिरुद्ध मात्र कलम चलाउनु भन्दा उसका राम्रा कामको समिक्षा पनि गर्न आग्रह गर्नुभयो ।
पौडेलले एउटा मान्छे सडकमा सुतेर संघिय संसद र प्रदेश संसद समेत अबरुद्ध गरिरएको भन्दै सत्य के हो त्यस तर्फ पत्रकारले बुझेर कलम चलाउनुपर्ने सुझाव दिनुभयो ।
अहिले सरकारलाई काम गर्ने अवस्था नरहेको तर्क गर्दै मुख्यमन्त्री पौडेलले पत्रकारका जुनसुकै कामलाई प्रदेश सरकारले सहयोग गर्ने पनि बताउनुभयो ।







