लालबन्दीमा नहरमा डुबेर एक बालकको मृत्यु

सर्लाहीको लालबन्दीमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।
लालबन्दी ४ हरिभवनका ६ वर्षका रितेश कार्कीको बाग्मती–जम्दी सिंचाइ आयोजनाको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथीहरुसंग पौडी खेल्न गएका रितेशलाई राती ९ बजे नहरमा डुबेको खवस्थामा फपेला पारिएको थियो ।
तत्कालै उपचारको लागि लालबन्दी मोडल अस्पताल लगिए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।







