हेटौंडा उपमहानगरपालिकाले दोस्रो चरणको बिद्यार्थी भर्ना अभियान भदौ सम्म संचालन गर्ने

हेटौंडा उपमहानगरपालिकाले दोस्रो चरणको बिद्यार्थी भर्ना अभियान भदौ सम्म संचालन गर्ने भएको छ ।
सरकारको केन्द्रीय निति अनुसार पहिलो चरणको बिद्यार्थी भर्ना अभियानमा छुटेका बालबालिकालाई दोस्रो चरणमा बिद्यालय सम्म ल्याउने उदेश्यले अभियान सुरु गर्न लागिएको हो ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा भएको सरोकारवाला सहितको बैठकले दोस्रो चरणको बिद्यार्थी भर्ना अभियान भदौ सम्म संचालन गर्ने निर्णय गरेको हो ।
बिद्यालय बाहिर रहेका सबै बालबिालिकालाई बिदालयमा टिकाई राख्ने बनाउन मेयर महतले सबै वडाअध्यक्ष र सरकोकारवालाहरुलाई निर्देशन दिनुभएको छ । छुटेकालाई विद्यालयसम्म ल्याउनका लागि वडा वडामा कार्यदल गठन गरेर कार्यक्रमलाई प्रभाबकारी बनाईने छ ।
आजको बैठकमा उपमहानगरपालिकाका कार्यकारी अधिकृत पुष्पराज शाही, प्रबन्धक भिम तिमल्सीना लगायत हेटौंडाका अधिकांश वडाका वडाअध्यक्षहरुको सहभागिता थियो ।






