वैज्ञानिक आधारमा नदी नियन्त्रणको पहल नगर्दा डुवान समस्या कायमः विज्ञ 

छहारी संवाददाता
असार २७, २०७५

सरकारले कुनै पनि वैज्ञानिक आधारमा नदी नियन्त्रणको पहल नगर्दा डुवानको समस्या कायम रहेको विज्ञहरुले बताएका छन् । 

नदी नियन्त्रण गर्न बनाइएको संयन्त्र निर्माणमा पनि समस्या देखिएको विज्ञको भनाई छ । 

इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका उप प्राध्यापक तथा भू गर्व विद्प्रकाश चन्द्र घिमिरेलेनदी नियन्त्रणका लागि सरकारले बाँध निर्माण गर्दा वैज्ञानिक भन्दा पनि हचुवाको भरमा निर्माण गर्ने गरेकाले बर्षेनि धेरै धन जनको क्षति हुने गरेको दावी गर्नुभयो । 

उहाँका अनुसार बाढीका कारण मात्रै वर्षेनी ८० देखि एकसयजनाको मृत्यु हुने गरेको छ । सरकारसंग भने नदीका कारण बर्षेनि कति प्रभावित हुन्छन् भन्ने तथ्याङक समेत छैन । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*