विपत् व्यवस्थापनमा तयार रहन स्थानीय तहलाई सरकारको निर्देशन

छहारी संवाददाता
असार १९, २०७५

मनसुनको समयमा बाढी पहिरो जस्तो विपत् व्यवस्थापनका लागि तयार रहन सरकारले स्थानीय तहलाई निर्देशन दिएको छ । 

संघीय मामिलातथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई विपत् व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको हो 

मन्त्रालयले स्थानीय तहहरुलाई पत्र लेखेरै विपत् व्यवस्थापनको पूर्व तयारी तथा प्रतिकार्यका लागि तयार रहन भनेको हो । 
विपत् व्यवस्थापनको विषय संविधानले तीनै तहको साझा अधिकारका रुपमा उल्लेख गरेको छ । 

स्थानीय तहले एकल अधिकारका रुपमा समेत विपत् व्यवस्थापनमा भूमीका निर्वाह गर्नुपर्ने भएकाले विपत् व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न भनिएको मन्त्रालयले जनाएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*