जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँन बाँकी

जापानमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ ।
६।१ म्याग्निच्यूड तीव्रता मापन गरिएको भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी नै छ ।
यद्यपी ८० वर्षीय एक बृद्ध र ९ वर्षीया बालिकाको मृत्यु भएको रोयटर्सले जनाएको हो । पश्चिमी जापानको ओसाकामा भूकम्पले बढी क्षति गरेको जनाइएको छ ।
भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन । जापानका प्रधानमन्त्री सिन्जो आबेले राहत तथा उद्धार कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ ।






