कृषि अनुसन्धानमा गरीएको चमत्कारलाई किसानको पहुँचमा पुरयाउछौंः  कृषि राज्य मन्त्री चौधरी

छहारी संवाददाता
असार ३, २०७५

कृषि, भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्री राम कुमारी चौधरीले कृषि क्षेत्रमा विभिन्न प्रजातिका बाली अनुसन्धानमा गरिएको चमत्कारलाई किसानको पहुचमा पुर्याउने बताउनु भएको छ ।
 
उहाले क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्ले, कास्कीमा आयोजित २९ अौं राष्ट्रिय बर्षे बाली कार्यशाला गोष्ठीको उदघाटन गर्दै चौधरीले यस्तो बताउनु भएको हो । 

देशमा कृषि बैज्ञानिकहरुले खाद्य बस्तु र पशु जन्य बस्तुको उत्पादन क्षेत्रमा गरेको अनुसन्धानलाई ठिक ढंगले तराई, पहाड र हिमाल सबै क्षेत्रमा प्रयोग गर्न सके उत्पादनमा तीब्र गतिमा बृद्धि हुने बताउनु भयो । 

सबै किसिमको वातावरणमा उत्पादन गर्न सकिने बिउ बिजनहरुको अनुसन्धान भइसकेकाले अब सरकारले यसलाई सही ढंगले प्रसार गर्ने राज्य  मन्त्री चौधरीले बताउनु भयो । 

कृषि  उत्पादन हुने तर सिंचाइ नपुगेको ठाउँमा सिंचाइ पुर्याउन उर्जा, जलस्रोत तथा सिचाई मन्त्री सङ्ग आवश्यक  कार्ययोजना बारे संयुक्त रुपमा छ्लफल भइरहेको र यस को परिणाम निकट भविष्यमा नै देख्न सकिने राज्य मन्त्री चौधरीले बताउनु भयो ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*