हेटौंडा–काठमाण्डौ जोड्ने अबरुद्ध ३ ओटा सडकको पहिरो पन्छाउने काम जारी

छहारी संवाददाता
असार ३, २०७५

अविरल वर्षाका कारण हेटौंडा–काठमाण्डौ जोड्ने ३ ओटा सडक गएराती देखि अबरुद्ध छन् । सडक अबरुद्ध भएपछी ती सडक भएर आवतजावत गर्ने सवारी अलपत्र परेका छन् । 

हेटौंडा–काठमाण्डौ जोड्ने द्रुतमार्ग अन्तरगत फाखेल सडक, सिस्नेरी सडक र दामन पालुङ हुँदै काठमाण्डौ जाने सडकमा पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक डिएसपी दिलीपराज झाले जानकारी दिुन भएको छ ।

फाखेल सडक अन्तरगत ईन्द्र सरोबर गाउँपालिकाका २ सुकौरा, ईन्द्र सरोबरकै सिस्नेरी र हेटौंडा दामन पालुङ हुँदै काठमाण्डौ जाने सडक अन्तरगत भिमफेदी गाउँपालिका ४ महाभिरमा पहिरो खसेपछि सडक अबरुद्ध भएको हो ।

सडक अबरुद्ध भएका कारण यस क्षेत्रमा लामो तथा छोटो दुरीका सवारीका साधनहरु चल्न सकेका छैनन् । अबरुद्ध सडक खुलाउन सडक डिभीजन कार्यालय हेटौंडाबाट डोजर गएको र पहिरो पन्छाउने काम भईरहेको डिएसपी झाले बताउनुभयो ।

यसैगरी बाढी र पहिरोका कारण हेटौंडाबाट बागमतीसम्म जाने सडक पनि अबरुद्ध भएको छ । बकैयाँ गाउँपालिकाबाट बागमतीसम्म जाने बिच बाटोमा पहिरो खसेको र खोलाको सडकमा बाढी आएकाले सवारी आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*