विश्वकप फुटबलको २१ औं संस्करण आजबाट रुसमा सुरु हुँदै, उद्घाटन खेलमा आयोजक र साउदी अरेबिया भिड्ने 

छहारी संवाददाता
जेष्ठ ३१, २०७५

विश्वकप फुटबल प्रतियोगिताको २१ औं संस्करण आजबाट रुसमा सुरु हुँदैछ । 

उद्घाटन खेलमा आयोजक र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ । मस्कोको लुज्निकी स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ पौने ९ बजे सुरु हुनेछ । 

उद्घाटन समारोहलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, अन्तर्रा्ष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष जियानी ईन्फान्टीनो लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । 

आधा घण्टासम्म चल्ने उद्घाटन समारोहमा विश्व फुटबलका हस्तीहरू डिएगो म्यारोडाना, जिको लगायतको उपस्थिति रहनेछ । 

उद्घाटन समारोहमा बेलायती गायक रोबी विलियम्स, रुसी गायिका सोप्रानो लगायतले प्रस्तुती दिँदा ५ सयभन्दा बढी डान्सर र जिमन्यास्टहरूले आफ्नो कला देखाउनेछन् । 

रुसमा विश्वकप सुरु हुनै लाग्दा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । विश्वभर हुल्याहा समर्थकको छबी बनाएका रुसी समर्थकहरुलाई नियन्त्रण गर्नु रुसी आयोजकको मुख्य चुनौती हुनेछ । 

त्यसबाहेक पछिल्लो समय युरोपका भिडभाडयुक्त ठाँउलाई निशाना बनाउदै आएका आतंकवादी संभावित आक्रमण निस्तेज पार्नु रुसी सुरक्षा संयन्त्रको अर्को मुख्य चुनौती हुनेछ । उद्घाटन समारोहमा ३२ वटै टिमका खेलाडी उपस्थित हुने बताइएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*