देवकोटाकालाई श्रद्धाञ्जली दिनेको ओइरो, अस्पताल र परिवार यसो भन्छन् हेर्नुस् ।

न्यूरोसर्जन उपेन्द्र देवकोटा गम्भिर अवस्थामै वाँसवारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहनु भएको छ । तर सामाजिक संजालमा देवकोटाकालाई श्रद्धाञ्जली दिनेको ओइरो लागेको छ ।
सामाजिक संजाल भरी देवकोटालाई सम्झदै श्रद्धाञ्जली दिएका पोष्टहरु हेर्दा लाग्छ, कहिले निधन होला र पोष्ट राखौं भन्नेहरुले तछाड मछाड गरिरहेका छन् ।
कोही अमर छैन, ढिलो चाडो सबैको पालो आउछ यो ध्रुव सत्य कुरा हो र यती बेला देवकोटा क्यान्सरबाट पिडित हुनुहुन्छ ।
यो खबर पोष्ट गर्दा गर्दै देवकोटाले विदा लिनु भएको खबर आउन पनि सक्छ या उहाँको अवस्था सुध्रिएको खबर पनि आउन सक्छ । जुनै बेला जे नि हुन सक्ने अवस्था छ । तर खबर आधिकारीक हो भनेर पुष्टि नभइ एउटा व्यक्तिले यो संसार छाड्यो भन्दै हल्ला फैलाउनु कती उचित होला आफैंले सोचौं ।
देवकोटाको स्वास्थ्य अवस्थाले उसै थलिएको उहाँको परिवारलाई यस्ता हल्लाले कती पिडा देला सोच्नुस् एक पटक ।
अस्पताल र परिवार यसो भन्छन् हेर्नुस् ।
वरिष्ठ न्यूरोसर्जन उपेन्द्र देवकोटा गम्भिर अवस्थामै वाँसवारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका छन्। उनको अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ। अस्पताल प्रसासनले पनि उहाँको आइसियूमै राखेर उपचार भइरहेको जनाएको छ।
शुक्रवार रातीदेखि अचानक उहाँको वारेमा फैलिएको अफवाह बारे भने अस्पताल प्रसासनले आशर्चर्य प्रकट गरेको छ। अस्पताल प्रसासनका एक जना अधिकारी तथा डा देवकोटाका आफन्तले उपेन्द्र डा सावको बारेमा फैलिएको अफवाहले आफूहरु मर्माहत भएको बताए।
आफूहरु उहाँको स्वास्थय लाभको लागि भरमग्दुर प्रयास गरिरहेको पनि उनले बताए।
डा देवकोटाको बारेमा फैलिएको कुरामा कुनै सत्यता नभएको र त्यस्ता भ्रामक कुरा सामाजिक सञ्जालमा नराख्न पनि अस्पताल प्रसासनले आग्रह गरेको छ। आफूहरु असत्य कुराको जवाफ दिदा दिदा थाकेको पनि ति आफन्तले जनाए । हाम्रा कुरा






