असार १५ गते भित्र बजेट कार्यान्वयनको योजना ल्याउनुस्ः प्रधानमन्त्री ओली 

छहारी संवाददाता
जेष्ठ २५, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले असार १५ भित्र सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको लागि  योजना बनाउन सबै मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

शुक्रबार सिंहदरबारमा मन्त्री र सांसदहरुको संयुक्त बैठक बोलाएर उहाँले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि आवश्यक कार्ययोजना असार १५ गते भित्र बनाईसक्न निर्देशन दिनु भएको हो ।

उहाँले बजेट कार्यान्वयनका कार्यतालिका, त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन, कानुन निर्माण, कार्यान्वयनका लागि जवाफदेही निकाय र अनुगमनको सूचक स्पष्ट उल्लेख हुनेगरी कार्ययोजना तय गर्न पनि मन्त्री र सचिवहरुलाई सचेत गराउनु भयो । 

प्रधानमन्त्री ओलीले असार २५ गते मन्त्रालयले बनाएको योजनामा व्यापक छलफल गरी साउन १ गतेदेखि कार्यन्वयनको काममा गति दिन पनि मन्त्रीहरुको ध्यानाकर्षण गराउनु भयो । 
ओलीले बजेट माथि असन्तुष्टि व्यक्त गर्नेहरुलाई कामबाटै जवाफ दिनुपर्ने पनि बताउनुभयो । 

उहाँले सरकार सुशासनमा दृढ रहेको उल्लेख गर्दै त्यसको प्रत्याभूति दिलाउने काममा प्रतिवद्ध भएर लाग्न पनि मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभयो ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*