बाल श्रमिक राखेको भेटे कारबाही हुन्छः प्रदेश तिनका मुख्यमन्त्री पौडेल   

छहारी संवाददाता
जेष्ठ २५, २०७५

प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले तीन नम्बर प्रदेशमा बालबालिकालाई होटेलमा श्रमिकको रुपमा काम लगाइएको भेटिए कानुनी कारबाही गरिने बताउनुभएको छ । 

तीन नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको प्रदेश सरकार र बालअधिकार संरक्षण अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पौडेलले हेटौंडा बालश्रमिकमुक्त र बालविवाहमुक्त बनाइने बताउनुभएको हो  ।

मुख्यमन्त्री पौडेलले हेटौंडामा मानसिक सन्तुलन गुमाएकाहरुलाई सडकमा भेट्न नसकिने बताउनुभयो । उहाँले बालबालिकामाथि भएको हिंसा अन्त्य गर्दै बालश्रममुक्त क्षेत्र बनाउन आफूहरु लागि पर्ने बताउनुभयो । कार्यक्रमका तीन नम्बर प्रदेशका कारागार र बालसुधार गृहमा आश्रित बालबालिकाहरु अवस्था दयनिय देखिएको बताइएको छ । कारागार र बाल सुधार गृहमा रहेका १ सय ६१ जनाको अवस्था दयनिय रहेको पाइएको हो । 

सबैभन्दा बढी बाल सुधार गृह सानोथिमि भक्तपुरमा १ सय ४७ जना, काठमाडौंको कारागारमा ८ जना, धादिङ कारागारमा ३ जना, चितवन कारागारमा ३ जना बालबालिकाहरु रहेको पाइएको हो । आमाबाबुसँगै कारागारमा बस्न बाध्य बालबालिको अवस्था झन् जटिल रहेको बताइएको छ । 

तीन नम्बर प्रदेशका ११ वटा जिल्लामा सञ्चालित बालगृहहरुमा मात्र ११ हजर ८ सय ८२ जना बालबालिकाहरु बस्ने गरेका छन् । बनेका बालगृह पनि मापदण्ड विपरित रहेको बताइएको छ । तीन नम्बर प्रदेशका ११ वटा जिल्लामा ४ सय १५ वटा बालगृह रहेका छन् ।  
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*