प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै सर्वोच्चमा परेको रिट खारेज 

छहारी संवाददाता
जेष्ठ २४, २०७५

प्रधान न्यायाधीश नियुक्ति गरिपाउँ भनी सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । 

प्रधानन्यायाधीशको सिफारिसमा तेस्रो नम्बरमा रहेका वरिष्ठतम न्यायाधीश चोलेन्द्रशमसेर जबराको इजलासले कारण देखाउ आदेश जारी गर्नु नपर्ने भन्दै रिट खारेज गरेको हो ।

सन्तोष भण्डारीले शन्तोष भण्डारीले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ भएको थियो । सुनुवाइका क्रममा न्यायाधीशले संसदीय सुनुवाइ विशेष समिति बनेको छ भने देखाउनुस भनी रिट निवेदकलाई प्रश्न गरेका थिए ।

संसदीय सुनुवाइ समिति नबनेका कारण प्रधान न्यायाधीशको नियुक्ति हुुन सकेको छैन ।

न्यायपरिषदले प्रधानन्यायाधीशका लागि एक नम्बरमा दीपकराज जोशी, २ नम्बरमा ओमप्रकाश मिश्र र ३ नम्बरमा चोलेन्द्र शमसेर जबराको नाम सिफारिस गरेर संवैधानिक परिषदमा पठाएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*