राजनीतिमा गलत सन्देश फैलाउन एकताको हल्ला गरियोः फोरम नेपाल

छहारी संवाददाता
जेष्ठ २४, २०७५

संघीय समाजवादी फोरम नेपालले तत्काल नेकपासँग पार्टी एकता नहुने स्पष्ट पारेको छ । 

अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ती निकालेर फोरमले तत्काल नेकपासँग पार्टी एकता नगर्ने स्पष्ट पानुभएको हो । 

अहिले फोरम र नेकपाबीच पार्टी एकता हुन्छ भनेर गरिएको हल्ला राजनीतिमा गलत सन्देश फैलाउन सुनियोचित ढंगले आएको पनि विज्ञप्तीमा उल्लेख छ । 

गएको बैशाख सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दल÷पार्टीसँग एकीकरण गर्न सकिने निर्णय गरेको थियो । 

त्यसयता नेकपासँग फोरमले पार्टी एकिकरण गर्न लागेको अनुमान बाहिर आएपछि अध्यक्ष यादवले विज्ञप्ती निकालेर तत्काल पार्टी एकताको कुनै योजना नरहेको स्पष्ट पार्नु भएको हो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*