मकवानपुर र सर्लाहीमा चट्याङ लागेर ३ जनाको मृत्यु, ७ घाइते

छहारी संवाददाता
जेष्ठ २३, २०७५

मकवानपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । 

गएराति हावाहुरीसँगै परेको चट्याङ लागेर बकैया गाउँपालिका–९ की ५५ वर्षीया छलिमाया थिङ र उनका १५ महिने नाती देव थिङको मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएका उनीहरुको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा निर्मला भ्लोन, निमेष भ्लोन, निशा भ्लोन र राजु थिङ रहेका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै सर्लाहीको कालिन्जोरमा चट्याङ लागेर १ जनाको ज्यान गएको छ । 

जिल्लाको उत्तरी भेगमा पर्ने ईश्वरपुर नगरपालिका १२ कालिन्जोरमा चट्याङ लागेर स्थानीय ४० वर्षीया जोखु माया वाइवाको मृत्यु भएको हो । 

उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी ल्याएको केहीबेरमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । 

चट्याङ लागेर वाइवाकी ६ वर्षीया छोरी, छिमेकी ७० वर्षीया शान्तामाया क्यापछाकी र ८ वर्षका रोजन विक घाईते भएका छन् ।  

उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीबाट थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको छ ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*