पाल्पाको हुमिनमा बस दुर्घटना, मृतककाे संख्या १३ पुग्याे

पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ४ हुमिनमा भएको बस दुर्घटनामा परि ज्यान जानेको संख्या १३ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेनका छत्रमान शाक्य, देवेन्द्र प्रधान, विष्णुमान बज्राचार्य, कृष्णमान बज्राचार्य र सुशील श्रेष्ठको घटनास्थलमै तथा सचिन बज्राचार्य र लक्ष्मी कार्कीको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो ।
ज्यान गुमाउने अन्यको भने नाम खुल्न बाँकी छ ।
सदरमुकाम तानसेनबाट रामपुर भ्रमणका लागि जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनका सदस्य चढेको लु २ ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो ।
घाइतेमध्ये १० जनाको युनाइटेड मिसन अस्पताल तानसेन र २ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ । उज्यालो अनलाइन






