सुन काण्डका फरार अभियुक्त एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण

छहारी संवाददाता
जेष्ठ १७, २०७५

३३ किलो सुन तस्करीमा संलग्न रहेको अभियोग लागेका प्रहरी बरिष्ठ उपरीक्षक श्याम खत्रीले अदालतमा आत्मसमर्पण गरेका छन् ।

एसएसपी खत्री विहीबार जिल्ला अदालत मोरङमा आफैँ उपस्थित भएका हुन् । अहिले उनको बयान लिने क्रम सुरु भएको छ ।

सुन काण्डका मुख्य अभियुक्त चुडामणी उप्रेतीले एसएपी खत्री सुन तस्करीका मुख्य सहयोगी भएको र उनले नै पैसा लिएर आफूहरुले विदेशबाट ल्याउने सुन विमानस्थल बाहिर पठाउन सहयोग गर्ने गरेको बयान दिएका थिए ।

विमानस्थलमा कार्यरत एसएसपी सुन तस्करी प्रकरण बाहिरिएसँगै फरार थिए ।  प्रहरीको अन्तराष्ट्रिय सञ्जाल इण्टरपोलले खत्रीविरुद्ध डिफ्युज नोटिस जारी गरेको थियो ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*