सुनसरी जिल्लालाई कृषि उत्पादनको नमुना केन्द्र बनाइने छ५ः राज्य मन्त्री चौधरी

छहारी संवाददाता
जेष्ठ १७, २०७५

कृषि ,भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीले सुनसरी जिल्लालाई कृषि उत्पादनको नमुना केन्द्र बनाउने बताउनु भएको छ । आफ्नो गृह जिल्ला सुनसरी रामधुनी नगरको ८ र ९ नं.वडालाइ खुल्ला दिशा मुक्त घोषणा सभालाई प्रमुख अतिथिको संबोधन गर्दै उक्त कुरा बताउनु भयो ।

सुनसरीमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत अदुवा जोन धरान,पाचकन्या,बिष्णुपादुका केन्द्र बनाएर चलिरहेको र यसै बर्ष देखि डुम्राह,प्रकाशपुर ,मधुवन केन्द्र बनएर माछा जोन र इनरुवा पुर्वलाई केन्द्र बनाएर धान जोनको कार्यक्रम पनि लागू हुने बताउनु भयो ।

इनरुवामा एउटा शितघर सहितको थोक कृषि बजार निर्माण गर्ने र इनरुवा दक्षिण तिर सब्जिको पोकेट र बल्क सन्चालनमा लयाउने बताउनु भयो ।अहिलेको सरकारले सुनसरीमा ३ अर्ब ९५ करोड ९२ लाख र रामधुनी नगरपालिकामा २८ करोड ५२ लाख बजेट बिनयोजन गरेको बताउनु भयो ।

यसै बर्ष कृषि औजार उधोग खोल्ने र ७ ओटै प्रदेशमा नमुना कृषि फार्म खोल्ने बताउनु भयो । भु-उपयोग नितिको लागि ऎन तयारी प्रक्रियामा अगाडि बढीसकेको र छिटै संसदमा पेश गर्ने बताउनु भयो ।

साना र गरीब किसानले लिएको ऋण सरकारले मिनाह गरेकोले अब तिर्न नपर्ने बताउनु भयो ।सुनसरीमा उखु किसनहरुलाइ प्रोत्साहन गर्नको निम्ति अनुदान दिने बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*