बिद्यार्थीको अधिकार को लागि जस्तोसुकै भुमिका पनि निभाउन तयार छु :- रामकृष्ण शिवाकोटी

छहारी संवाददाता
जेष्ठ ९, २०७५

सामाजिक तथा राजनीति क्षेत्रमा उत्तिकै सक्रियता कमाउदै आईरहेका अखिल क्रान्तिकारी क्याम्पस समितिका अध्यक्ष रामकृष्ण शिवाकोटी अहिले मकवानपुर जिल्लामा विद्यार्थी आन्दोलनको अर्को मुद्दा लिएर अगि बढेका छन|यातायात क्षेत्रमा भएको विद्यार्थीको मध्य नजर गर्दै विद्यार्थी लाई मकवानपुर जिल्लाभर कहि कतै मात्रै पोसाक मा छुट दिए पनि धेरै जसो ठाउमा विद्यार्थीको न त पोसाक मा न त परिचय पत्र मा छुट नदिने र अटो ले आफ्नो खुशी , मनोमानी , भाडा लिदै विद्यार्थी लाई मर्कामा पार्ने र म्याजिक तथा टेम्पो पनि बेलुकी चाडै जाने भएकोले गर्दा मकवानपुरका विभिन्न जिल्लाबाट बजार पढ्न आउनेहरु बेलुकी पख घर जान गार्हो हुने गरेको पाईएकोले आज अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पस समिति ले जिल्ला प्रशासन कार्यलय हेटौंडा , मकवानपुर , C.D.O कार्यलय मा ध्यानाकर्षण गराएको छ ।।

मागहरू :- विद्यार्थीको भाडा छुट तथा गाडिको सुबिधाको सन्दर्भमा
१. विद्यार्थीको युनिफर्ममा मात्रै नभई परिचय पत्र मा पनि भाडा छुट गरियोस
२. हेटौंडा बाट छुट्ने विभिन्न स्थानहरुमा बेलुका सम्म गाडिको सुबिधा होस
३. अटो को मनोमानी भाडालाई कारवाही गरि एक निश्चित भाडा तोकियोस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*