सुन तस्करीका मुख्य अभियुक्त ‘गोरे’ पक्राउ

साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेती पक्राउ परेका छन् ।
उनलाई कहाँबाट पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले केही बताएको छैन । उनी सोमबार पक्राउ परेका बुझिएको छ । उनलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ ।
'गोरे' उपनामले चिनिने उप्रेतीको घर मोरङको उर्लाबारी हो । प्रहरी उच्च अधिकारीसँगको मिलेमतोमा उनले सुन तस्करी गर्दै आएका थिए ।
साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याबारे छानविन गर्न बनेको सरकारी टोलीले ‘गोरे’ समूहले पछिल्लो चार वर्षमा मात्र करिब ३८ क्वीन्टल सुन तस्करी गरेको खुलेको छ । उज्यालो नेटवर्क






