उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिदै

छहारी संवाददाता
जेष्ठ ६, २०७५

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिने भएको छ ।

चिकित्सकको सल्लाहअनुसार उनलाई आज थाइल्याण्डको ब्रुमग्राड अस्पताल लैजान लागिएको मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए ।

आज दिउससो साढे १ बजे उहाँ थाई एयरको जहाजबाट त्यसतर्फ जाँदै छन् ।

लामो समयदेखि छालाको संक्रमण, टाउकाको समस्या तथा कम्मरमुनिको भाग नचल्ने भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।

नेकपाका अध्यक्ष प्रचण्डले केही दिन पहिले उनलाई भेटी सम्भव भएसम्म स्वदेश र नभए विदेशमा उपचारको प्रबन्ध गरिने बताएका थिए । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*