चट्याङ लागेर मकवानपुरमा तीन जनाको मृत्यु

छहारी संवाददाता
बैशाख २४, २०७५

चट्याङ लागेर आज मकवानपुरमा तीन जनाको मृत्यु भएको छ ।

साँझ हल्का वर्षासंगै परेको चट्याङ लागेर मकवानपुरको मनहरी गाउपालिका २ ठाडोखोला झुल्यानका २८ वर्षका भीमलाल सिन्तान र उनकी ३ वर्षकी छोरी बिमलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै चट्याङ लागेर हेटौँडा १६ का ६० वर्षका कृष्ण बहादुर बलामीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर घाइते भएका उनीहरुको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*