बझाङको थलारा ४ मा खोलाले बगाएर ५ जनाको मृत्यु

बझाङको थलारा गाँउपालिका –४ मा खोलाले बगाएर ५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय २७ वर्षका हर्क विक उनकी श्रीमती २६ वर्षीया डल्ली विक, १२ वर्षीय मनिसा विक, ३ वर्षीय सक्षम विक र ३५ वर्षीया कलसी विक रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
स्थानीय बजारबाट घर फर्कने क्रममा गुह्या खोलाले बगाउँदा उनीहरुको मृत्यु भएको हो । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण गुह्या खोला बढेको थियो ।
घटना स्थलमा प्रहरी पुगेर रिपोर्ट लिने काम भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।






