पत्रकार महासंघ मकवानपुरको कार्यालयमा तालाबन्दी, निर्वाचन प्रक्रिया अन्यौलमा

छहारी संवाददाता
बैशाख ७, २०७५

नेपाल पत्रकार महासंघ मकवानपुरको कार्यालयमा तालाबन्दी भएपछि निर्वाचन प्रक्रिया अन्यौलमा परेको छ । महासंघको आसन्न प्रदेश स्तरीय निर्वाचन अन्तरगत आज मनोनयन दर्ता गर्ने कार्यसुची थियो ।

प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरले सिण्डिकेट लाद्न खोजेको आरोप लगाउँदै क्रान्तीकारी पत्रकार, प्रेस सोािइटी र मिडिया नेपालले तालाबन्दी गरेका हुन । केन्द्रिय सर्कूलर अनुसार तालाबन्दी गरिएको उनीहरुले बताएका छन् ।

क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सचिवालय सदस्य तिलक अधिकारीले तीन संगठनले तालमेलको नाममा स्वतन्त्र पत्रकारीताको मूल्य मान्यता विपरित गैर लोकतान्त्रिक र एकाधिकारवादी चरित्र देखाएको बताए ।  सबैको अस्तित्व स्विकार्न नसक्ने महासंघ कदापी साझा संस्था हुनै नसक्ने उनको दाबी छ ।
 
मिडिया नेपालका जीबराज बख्रेलले साना संगठनलाई वाईपास गरेर जाने हर्कतले सिंगो पत्रकार महासंघको गरिमालाई आँच पु¥याएको भन्दै विरोधका कार्यक्रम नरोकिने बताए ।

यस्तै प्रेस सोसाईटीका मनोज ढोंडरीले पत्रकार महासंघ जस्तो साझा संगठनलाई राजनितीक आश्रयस्थलको रुपमा र बल बुतोमा चलाउन खोज्नु मुर्खता हुने बताउदै यसलाई साझा संगठन कै रुपमा रहिरहन दिनुपर्ने बताए । पत्रकार महासंघको प्रदेश स्तरीय निर्वाचन आगामी २२ गते हुने तय भएको छ । भुगोल न्युजमा खबर छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*