त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान सुरु, अन्तराष्ट्रिय उडान किन हुन सकेन ?

छहारी संवाददाता
बैशाख ७, २०७५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान सुरु भएको छ ।

अन्तर्राष्ट्रिय उडानको लागि भने अझै केहीसमय लाग्ने विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार १२ बजेभित्र सबै उडान र अवतरण सञ्चालन गर्नेगरी तयारी भैरहेको छ ।

काठमाडौंबाट मलेसियाको लागि उड्न लागेको मालिन्दो एयरको विमान राती धावनमार्गमा चिप्लिएपछि उडान र अवतरण अवरुद्ध भएको हो ।

विमानस्थल अवरुद्ध हुँदा हजारौं यात्रुले सास्ती पाएका छन् । बाहिरबाट आएका विमानलाई उतै फर्काइएको छ । धावनमार्गबाट चिप्लिएर बाहिर पुगेको विमानलाई त्यहाँबाट हटाउने प्रयास भैरहेको छ ।

कार्यालयका अनुसार तत्कालका लागि आज दिउँसो १२ बजेसम्म अन्तर्राष्ट्रिय र डोमेस्टिक दुबै उडान र अवतरण बन्द गरिएको छ ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*