कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज देखि सुरु हुँदै

छहारी संवाददाता
बैशाख ७, २०७५

चैत १६ गतेदेखि स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि फेरि सुरु हुँदैछ । बैठक विहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएपछि चैत १६ गतेदेखि बैठक स्थगित गरिएको थियो ।

बैठकमा यसअघि बोल्न बाँकी सदस्यले धारणा राख्नेछन् । बैठकमा अहिलेसम्म ४२ केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् ।  बैठकमा चुनावमा पार्टीले ब्यहोर्नुपरेको हारको समिक्षा र अब कसरी अघि बढ्ने भन्नेबारेको योजना निर्माणलगायत विषय छलफलको मुख्य विषय रहँदै आएको नेताहरुले जानकारी दिएका छन् ।
यसैबीच, छिटो पदाधिकारी मनोनीत गर्न दबाब परेपछि सभापति शेरबहादुर देउवाले बैठकबाटै पदाधिकारी टुंगो लगाउने तयारी गर्नुभएको छ । सभाति देउवाले बाँकी रहेका पदाधिकारी मनोनयन गरी केन्द्रीय समितिबाट पारित गराउन प्रस्ताव पेस गर्ने तयारी गरेको उहाँको निजी सचिवालयले जनाएको छ ।केन्द्रीय समिति बैठकमा धारणा राख्नेक्रम सकिएपछि अन्तिममा पदाधिकारीको सूची पेस गर्ने तयारीमा देउवा रहनुभएको छ । देउवाले विधान अनुसार उपसभापति, एक महामन्त्री र सहमहामन्त्री मनोनयन गर्न सक्नुहुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*