गृहमन्त्री थापाले देशको सुरक्षा मजबुत बनाउन किन दिए निर्देशन ?

गृहमन्त्री रामबहादुर थापाले देशलाई अस्थिरतातर्फ फर्काउन केहि देशी तथा विदेशी शक्ति लागि परेको भन्दै सुरक्षा मजबुत बनाउन निर्देशन दिएका छन् ।
बुधबार जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षणपछि निर्देशन दिदै उनले भने,–‘अस्थिरता रोक्न सुरक्षालाई बलियो बनाउनु आवश्यक छ ।’
जनप्रतिनिधिलाई धम्काउने चन्दा माग्ने, विस्फोट गराउने जस्ता गतिविधि बढेको भन्दै गृहमन्त्री थापाले चितवन अपराधी लुक्ने ठाउँका रुपमा विकास हुँदै बताए । उनले भने,–‘विकाससंगै अपराध र चुनौती थपिँदै जान्छ, त्यसैले सुरक्षा नीतिमा परिमार्जन गर्नु आवश्यक छ ।’
पूर्वाधार र उच्च प्रविधिको अभावमा पनि प्रहरी संगठनले अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनले अझ सशक्त ढंगबाट अघि बढ्नुपर्ने बताए ।






