कर्मचारी स्वेच्छिक अवकाश हाललाई स्थगित:मन्त्री पण्डित
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवावुु पण्डितले कर्मचारी स्वेच्छिक अवकाश हाललाई स्थगित गरेको बताएका छन् ।विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पण्डितले तीन तहमा कर्मचारी खटाउनुपर्ने भएकाले स्वेच्छिक अवकाश हाललाई स्थगित गरिएको बताएका हुन ।उनले अब सबै कर्मचारीले खटाएको ठाउँमा गएर काम गर्नुपर्ने बताए ।मन्त्री पण्डितले आर्थिक समृद्धिको अभियानमा मुलुक अगाडि बढी सकेकाले अनुुभवी र क्रियाशील कर्मचारीको खाँचो रहेको जानकारी दिए ।काम गरिरहेका र काम गर्न सक्ने कर्मचारीलाई स्वेच्छिक अवकास दिने पक्षमा सरकार नभएको उनको भनाइ थियो ।उनले स्वेच्छिक अवकास रोकेर सरकारले कर्मचारीको इच्छा वमोजिमको कार्यालय र घरपायक हुने गरी काम गर्ने वातावरण मिलाउन तयारी सरकारले गरिरहेको बताए ।






