१५ दिन भित्र दुइ पटक पेट्रोलियम पदार्थको मुल्य बृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य फेरी बढाएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ बढाएको हो ।
बढेको मूल्य अनुसार अब पेट्रोलको मुल्य प्रतिलिटर १ सय ६ रुपैयाँ र डिजेल तथा मट्टितेलको मुल्य प्रतिलिटर ८७ रुपैयाँ पर्नेछ ।
निगमले यसअघि चैत १९ गते मात्र पेट्रोल र डिजेल तथा मट्टितेलको मुल्य दुई रुपैयाँले बढाएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदा नेपालमा पनि मूल्य समायोजन हुने गरेको छ ।






