गाईको पिसाव जम्मा गर्ने ट्याङकीमा डुबेर एक बालिकाको मृत्यु

छहारी संवाददाता
चैत्र २८, २०७४

मकवानपुर गढी गाउँपालिका ६ मा गाईको पिसाव जम्मा गर्ने ट्याङकीमा डुबेर एक बालिकाको ज्यान गएको छ ।

मकवानपुर गढी गाउँपालिका ६ बाग्दलीका अर्जुन घिमिरेकी ४ बर्षिय छोरी अमृताको डुबेर मृत्यु भएको स्थानिय विजय बजगाईले बताए ।

मकवानपुर गढी गाउँपालिका ५, सोलिथुमकी दिलकुमारी हुमागाईको गाईफार्ममा पिसाव जम्मा गर्ने ट्याङकीमा डुबेर अमृताको ज्यान गएको हो । दिलकुमारी मृतक अमृताकी फुपु हुन् ।

अमृतालाई उपचारका लागि हेटौंडा अस्पतालमा पुर्याउने बितिकै चिकित्सकले मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*