सर्वेन्द्र खनाल बने नेपाल प्रहरीको २६ औं आईजीपी

छहारी संवाददाता
चैत्र २८, २०७४

सरकारले नेपाल प्रहरीको आईजीपीमा सर्वेन्द्र खनाललाई नियुक्त गरेको छ ।

मंगलबार साँझ बालुवाटारमा दोस्रो पटक बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नायव महानिरीक्षक (डीआईजी) खनाललाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको हो ।

खनाल नेपाल प्रहरीको २६ औं महानिरीक्षक ( आईजीपी ) बनेका छन् । उनले आगामी २१ महिनासम्म ७२ हजार प्रहरी फोर्सको नेतृत्व गर्नेछन् ।  

नेपाल प्रहरीका आईजीपी प्रकाश अर्यालले चैत २८ गतेबाट ३० वर्षे उमेरहदका कारण नियमित अवकाश पाएपछि नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन गरिएको हो ।

आईजीपी पदका लागि डीआईजीहरु रमेश खरेल र पुष्कर कार्की पनि खनालसँगै प्रतिस्पर्धामा थिए ।

त्यस्तै आजको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीको महानिरीक्षक( आईजीपी ) मा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ ।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल तथा सशस्त्रका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले बुधबारबाट अवकाश पाउँदैछन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*