कलैयाको एक चिनी कारखाना केमिकलको ट्याङकी पड्किएर ३ जनाको मृत्यु, १५ जना भन्दा बढी घाइते, ४ को अवस्था गम्भिर

बाराको कलैया श्रीपुर ५ मा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिजमा ट्याङकी पड्किएर आज बिहान ३ जनाको मृत्यु भएको छ ।
१५ जना भन्दा बढी घाइते भएका छन् । गम्भिर घाइते ४ जनाको विरगंजको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको पत्रकार जितेन्द्र शाहले जानकारी दिए ।
यद्यपी घटनामा कति जनधनको क्षति भयो भन्ने पुष्टि भएको छैन । घटनाको विषयमा जानकारी लिन जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा फोन व्यस्त रहेको बताउछ ।
यता वर्षा भइरहेको भन्दै प्रहरी टोली भखैरै घटना स्थल तर्फ लागेको जानकारी प्राप्त भएको छ ।
श्रीपुर ५ मा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिजमा मलाइसिस केमिकल ट्याङकी पड्किएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।






