आश्चर्यः मारिएका व्यक्तिकै फेसबुकबाट खबर बाहिरियो, छानबिनको माग गर्दै आफन्तले गरे रसुवा बन्द

छहारी संवाददाता
चैत्र २६, २०७४

रसुवाको एक विद्यालयका प्रबन्ध निर्देशक मारिएको तस्बिर फेसबुकमा प्रकाशित भएपछि उनका आफन्तहरुले रसुवा बन्द गरेका छन्। 

रसुवाको उत्तरगया गाउँपालिका ५ लहरे घर भई बेत्रावती ट्रिनिटी इंग्लिस बोर्डिङ स्कुलका सञ्चालक रहेका २९ वर्षीय चित्रमान डंगोल ११ दिनदेखि बेपत्ता थिए। चैत १५ गतेदेखि हराएका डंगोलको मृत शरीरको तस्बिर फेसबुकमा हिजो राति पोस्ट भएपछि आफन्तहरुले आज बिहानैदेखि रसुवा बन्द गरेका हुन्।

१२ वर्षअघि भाइलाई छुरा हानेको बदला लिनका लागि मारिएको स्टाटससहित तस्बिर प्रकाशन भएपछि सत्यतथ्य पत्ता लगाउन माग गर्दै रसुवा बन्द गराएको स्थानीय गणेश श्रेष्ठले बताए। 

मारिएको तस्बिर सहितको खबर उनकै फेसबुकबाट प्रकाशित भएपछि उनका परिवार तथा आफन्तहरु आश्चर्यमा परेका छन्।

बेपत्ता भएदेखि नै खोजीका लागि प्रहरीलाई उजुरी दिए पनि चासो नदिएको र  हत्या  भएको तस्बिर सार्वजनिक हुँदा पनि छानबिन नथालेको भन्दै स्थानीहरु आक्रोशित भएका छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्रीले भने डंगोल हत्याबारे अनुसन्धान थालिएको बताए।

चैत १५ गते आफ्नो घर लहरेबाट स्याफ्रुबेँसीका लागि हिँडेका श्रेष्ठ सोही दिन राति १० बजे आफू स्याफ्रुबेँसी पुगेको जानकारी घरपरिवारमा गराएपछि सम्पर्कविहीन भएको उनका दाजु नेत्रमान डंगोलले बताए।  

नेपाललाइभबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*