हेटौडा रहेको भुटनदेवी बेकरी उद्योगको म्याद गुज्रिएको पाउरोटी बजारमा

छहारी संवाददाता
चैत्र २६, २०७४

हेटौडा रहेको एक बेकरी उद्योगले म्याद गुज्रिएको खाद्य वस्तु बजारमा बिक्रि वितरण गरिरहेको पाइएको छ ।

हेटौँडा ७ मा रहेको भुटनदेवी बेकरी उद्योगले बिक्रीका लागि बजारमा पठाएको  पाउरोटीमा सन् २०१७ अप्रिलको टयाग भएको स्टीकर टाँसिएको छ ।  

सोमबार बिहान एक उपभोक्ताले हेटौँडाको एक पसलबाट भुटनदेवी बेकरी उद्योगको पाउरोटी किने जसमा २०१७ अप्रिलको टयाग थियो ।

जबकि आज २०१८ अप्रिल ९ तारिख हो ।  यस बिषयमा बुझन खोजदा उद्योगका संचालक सम्पर्कमा आउन चाहेनन्  ।

यता क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख राजकुमार रिजाललाई यस विषयमा जनाकारी गराउदा रिजालले भने – उद्योगले यसो गर्नु गलत हो, यदि यस्तो गरेको प्रमाण भेटिए उद्योगलाई कारवाही गरिने छ ।

जिल्ला प्रशासन कार्यालय, क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय तथा उपभोक्ता मञ्च लगायतले विभिन्न चरणमा बजार अनुगमन गरिरहदा पनि यस्तो कार्य रोकिएका छैनन् ।

उपभोक्ता सधै गुणस्तरहिन खाद्ययबस्तु प्रयोग गर्न बाध्य छन । यस तर्फ सम्बन्धित निकाय मात्र नभइ उपभोक्ता पनि सचेत हुनु जरुरी छ ।

बजारमा आफुले खरिद गर्ने सामानको म्याद हेरेर मात्र खरिद गर्ने र गुणस्तरहिन खाद्ययबस्तु  पाइए खबरदारी गर्ने बानीको बिकास हुन सके सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*